Thursday 24 December 2020

शेर बजार छिर्दै हुनुहुन्छ? पहिला यी कुरा थाहा पाउनुहोस।

सेयर बजार छिर्दै हुनुहुन्छ ? पहिले यी कुरा जान्नुहोस 

तपाईं दोस्रो बजारमा प्रवेश गरी सेयर कारोबारमा लाग्न खोजिरहनु भएको छ ? यदी हो भने केही आधारभूत कुराहरु तपाईलाई थाहा हुनैपर्छ। केही आधारभूत कुराको जानकारीबिना बजारमा प्रवेश गर्नु भनेको आफ्नो सम्पत्तिलाई च्याखेँ थाप्नुसरह नै हुन्छ।

बजार बढिरहँदा ‘अझै बढ्छ, यो यो कम्पनीहरु किन्नुहोस्’ भन्नेहरु धेरै भेटिन्छन्। घट्दाखेरि त्यसैगरी ‘सबै बेच्नुहोस्, अझै घट्छ’ भनेर हल्ला गर्नेहरु सक्रिय रहन्छन्। नेप्सेको ट्रेण्ड जता जान्छ, मनोवल पनि त्यसरी नै विकास हुन्छ। बढेको बजारमा अझै बढ्छ र घटेको बजारमा अझै घट्छ भन्ने मनोवलमा अधिकांश लगानीकर्ता रुमल्लिएका हुन्छन्। बजार छिरिसकेपछि तपाईले बढ्दा र घट्दा दुवै अवसरको फाइदा लिन सक्नुपर्छ।

विगतका घटनाक्रम, अन्तर्राष्ट्रिय अभ्यास र केही विज्ञहरुसित परामर्श गरेका आधारमा नयाँ लगानीकर्ताका लागि केही आधारभूत टिप्स दिन गइरहेका छौँ। ति टिप्सलाई राम्ररी अवलम्वन गर्ने हो भने तपाईले धेरै हदसम्म जोखिम न्यूनीकरण गर्न  र लगानीबाट नाफा लिन सक्नुहुन्छ।

वित्तीय स्थिति कस्तो छ ?
मोटामोटी रुपमा तपाईले किन्ने कम्पनीको वित्तीय स्थिति जानकारी हुनैपर्छ। कम्पनीहरुले प्रत्येक साउन, कात्तिक, माघ र वैशाख महिनामा कुनै एउटा राष्ट्रिय दैनिक पत्रिकामा वित्तीय विवरण प्रकाशन गर्दछन्। साथै आफ्नो वेबसाइटमा पनि त्यो विवरण राखेका हुन्छन्। वित्तीय स्थिति हेर्दा यी कुराहरु सम्झिरहनुहोस्

प्रतिसेयर आम्दानी (ईपिएस) : कम्पनीको प्रतिसेयर आम्दानीले भविष्यमा उसले दिन सक्ने प्रतिफल क्षमतालाई प्रष्ट्याउँछ। सकेसम्म धेरै प्रतिसेयर आम्दानी हेर्नुहोस्। वाणिज्य बैंकहरुको हकमा इपिएस १६–२० सम्मलाई प्रतिकित्ता ४ सयभन्दा कम, २०–२५ सम्मलाई ५ सयभन्दा कम, २५–३० सम्मलाई ६ सयभन्दा कम हाल्न सकिन्छ। यसले मूल्य आम्दानी अनुपात सन्तुलनमा राख्न सक्छ।

मूल्य आम्दानी अनुपात (पिई रेसियो): बजार मूल्य र प्रतिसेयर आम्दानीको अनुपातलाई मूल्य आम्दानी अनुपातले केलाउँछ। बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरेपछि यो अनुपात निस्कन्छ। यदी यसको अंक २५ छ भने एक रुपैयाँ कमाई गर्नका लागि २५ रुपैयाँ लगानी परेको छ भनेर सम्झनु पर्दछ।

यस्तो अनुपात जति कम त्यति राम्रो मानिन्छ। वाणिज्य बैंकहरुको हकमा २५ भन्दा कम हुनु राम्रो मानिन्छ।

जगेडा कोष (रिजर्भ) : जगेडा कोषमा रकम धेरै हुनु राम्रो हो। यसले भोलि तपाईलाई सेयर बोनस दिन सक्ने क्षमता धेरै रहेको जनाउँछ। नगदभन्दा सेयर बोनसतर्फ नै लगानीकर्ताले बढी प्राथमिकता दिएका हुन्छन्। साथै भइपरी आउने नोक्सानीलाई व्यवस्थापन गर्न पनि यो कोष मजबुत हुनु जरुरी हुन्छ।

विगतमा लाभांश दिइरहेको छ त ? नगद वा बोनस सेयर के दिन्छ ?
जहिले पनि नगदभन्दा बोनस सेयर दिने कम्पनीलाई लगानीकर्ताले रुचाएको पाइन्छ। वर्षेनि लाभांश दिइरहेको, त्यसमा पनि बोनस सेयर दिइरहेको कम्पनी छान्नु पर्छ। कम्पनीहरुको वेबसाइटमा त्यस्ता सूचनाहरु संग्रह पनि गरिएका हुन्छन्। विदेशी लगानीका कम्पनीहरुले बोनसभन्दा नगद लाभांश वितरणमा बढी जोड दिन्छन्। तिबाहेक नेपाल टेलिकम पनि नगद लाभांश मात्रै दिने कम्पनी हो।

कम्पनीको बिजनेस प्रगतिउन्मुख छ त?
सूचकहरु उपयुक्त भएर मात्रै पुग्दैन। वर्षेनि कम्पनीको बिजनेसमा प्रगति देखिएको हुनुपर्यो। प्रतिस्पर्धात्मक यो समयमा बिजनेस बढ्न नसकेको खण्डमा भोलि मूल्यमा सीधै असर पर्दछ।

बैंकहरुको हकमा कुल व्याज आम्दानी, बिमा कम्पनीहरुको हकमा बिमा शुल्क, जलविद्युत तथा उत्पादन कम्पनीको हकमा बिक्री आम्दानीलाई पहिलेकोसँग तुलना गर्नुपर्छ।

नाफा, प्रतिसेयर आम्दानी, जगेडा कोषको आकार बढ्दै गएको हुनुपर्यो। लगानीकर्तालाई दिने गरेको लाभांशको दर पनि बढ्दै गएको हुनुपर्यो। यदी घटेको खण्डमा त्यसको कारण र आगामी दिनमा हुने प्रभावलाई पनि केलाउन त्यति गाह्रो पर्दैन। त्यसकारण वित्तीय विवरण हेर्दा एक वर्षअघिको स्थितिलाई पनि समीक्षा गर्न भुल्नु हुँदैन।

एक वर्षको बजार मूल्य कस्तो छ ?
कम्पनीको विगत एक वर्षको बजार मूल्य पनि केलाउनुपर्छ। विगतमा कतिसम्म मूल्य पुगेको थियो र हाल किन्न लागेको मूल्य कति सस्तो वा महँगो हो भन्ने कुरालाई एक वर्षको ट्रेण्डले पनि स्पष्ट पार्छ। नेप्सेको वेबसाइटमा रहेको ट्रेण्डभन्दा माथिको लाइनमा कम्पनीमा क्लिक गरेर कम्पनी छनौट गरेपछि साप्ताहिक, मासिक वा एक वर्षको कम्पनीको मूल्य उतारचढाव देखिन्छ।

साउन भदौमा होइन मंसिर पुसतिर मात्रै प्रवेश गरौँ
नयाँ लगानीकर्ता असार साउनमा बजारमा बढी प्रवेश गर्ने गरेको ब्रोकर कम्पनीहरु बताउँछन्। यतिबेला विभिन्न कम्पनीहरुको नाफा बाहिरिने, बजारमा सकारात्मक समाचार धेरै हुने हुँदा त्यस्तो प्रभाव परेको हो। तर अनुभवीले पहिले नै यस्ता कुराको अनुमान गरी यतिबेला किन्नभन्दा बेच्नलाई जोड दिएका हुन्छन्।

त्यसकारण नयाँ लगानीकर्ता बजार छिर्नका लागि मंसिर तथा पुस महिना उपयुक्त हो। विगत हेर्ने हो भने पनि अधिकांश वर्ष मंसिर र पुसमा सेयर मूल्य घटेको हुन्छ भने चैत वैशाखदेखि बढ्न सुरु गर्छ।

गत आर्थिक वर्षलाई हेर्दा पुसका अन्तिम दिनमा सबैजसो कम्पनीको मूल्य एक वर्षकै न्यून छ। साउन र भदौमा नेप्से उच्च अंकमा पुगेको देखिन्छ, गत वर्ष साउन १२ गते सबैभन्दा उच्च १८८१ अंक पुगेको थियो। यस्तो बेला बजार प्रवेश गर्नु जोखिम हुन्छ।

थोरै थोरै लगानीबाट थालनी, त्यो पनि वाणिज्य बैंकबाटै
भएभरको पैसा एकैपटक हालेर किन्नु हुँदैन। आफूसँग भएको पैसाबाट थोरै थोरै सेयर किन्न सकिन्छ। पहिलो पटक केही सेयर उठाइसकेपछि अझै घट्यो भने फेरि किन्नुपर्छ भन्नेगरी पुँजी तयार गर्नुपर्छ। यसले औसत लागत घटाउन पनि सघाउ पुग्छ।

जस्तो प्रतिकित्ता ५ सयमा दुई सय कित्ता एकैपटक किन्दा एक लाख रुपैयाँ (कमिसनबाहेक) लागत पर्छ भने ५ सय हुँदा एक सय र साढे ४ सयमा झरेपछि अर्को एक सय कित्ता किन्दा लागत मूल्य ९५ हजार (कमिसनबाहेक) हुन आउँछ। यहाँ २ सय कित्ताको औसत मूल्य ४७५ मात्रै पर्न गयो। त्यसैले एकैपटक सेयर नकिनी पटक पटक थप्न सक्नेगरी तयार हुनु पर्छ।

नयाँले किन्दा वाणिज्य बैंकबाटै थाल्नु उपयुक्त हुन्छ। किनकी वाणिज्य बैंक समूह तुलनात्मक रुपमा जोखिम कम भएको समूह हो। वाणिज्य बैंकको सेयरको उतारचढाव अन्यको तुलनामा कम हुन्छ। यसले जोखिम पनि कम गर्छ।

भविष्यमा संभावित घटनाक्रमको मूल्याङ्कन
संभावित घटनाक्रमको मूल्याङ्कन गर्न जान्ने हो भने पनि धेरै हदसम्म बजारबाट फाइदा लिन सकिन्छ।

लगानी कम्तीमा ६ महिना, धेरै फाइदा भएको खण्डमा बीचमै बेच्ने
अरु खर्चका लागि पैसा भएन भनेर बीचमै सेयर बेच्ने हो भने नकिन्नु नै बुद्धिमानी हुन्छ। पैसा चाहिएका बेला सेयरको मूल्य घटेको हुन सक्छ र बेच्दा त्यसले नोक्सान पर्न जान्छ। त्यसकारण कम्तीमा लगानी गरिसकेपछि ६ महिना कुर्न सक्नुपर्छ।

जस्तो पुसमा सेयर किनिसकेपछि साउन भदौमा राम्रो मूल्य पाएको खण्डमा बेच्न सकिन्छ। यदी राम्रो मूल्य पाइएन भने राखेर बोनस खानु नै उपयुक्त हुन्छ। भएको सेयरमा प्लस बोनस भइसकेपछि अर्को वर्ष किनेकै मूल्यमा बेच्दा पनि राम्रो फाइदा लिन सकिन्छ।

बियरिस ट्रेन्ड देखिए जोखिम कम गर्ने
यदी सेयर बजारलाई प्रभाव पार्ने अरु आधारभूत पक्षहरु बलिया देखिए र ट्रेण्ड लगातार झर्न थालेको खण्डमा आफूसँग भएको सेयर तुरुन्तै बेचेर अत्याधिक घटेका बेला पुनः किन्दा जोखिम कम गर्न सकिन्छ।

बजारमा ६ सय रुपैयाँको सेयर लगातार घटेर साढे ५ सयमा झर्दा बेचियो र पाँच सयमा आएपछि त्यति नै कित्ता पुनः खरिद गरियो भने त्यत्तिकै राख्नुभन्दा जोखिम कम हुन जान्छ। यसलाई ‘स्टप लस’ पनि भन्ने गरिन्छ। तर बियरिस ट्रेन्ड कति लम्बिन सक्छ भन्ने अनुमान लगाउन चुनौतिपूर्ण हुन्छ।

व्याजदर बढ्न थाल्नु, बजारमा सेयरको आपूर्ति बढ्नु, जटिल परिस्थितिका घटनाक्रमहरु विकास हुनु, द्वन्द्व उत्पन्न हुनुजस्ता पक्षले बजारलाई लामो समयसम्म बियरिस ट्रेन्डमा पार्न सक्छ।

नआत्तिने र नमात्तिने
आफूले सेयर किनेको भोलिपल्टै सूचक रातो हुँदा मन आत्तिन सक्छ, तीन दिनसम्म बजार घट्ने हो भने डिम्याट खातामा सेयर आएकै दिन पुनः बेच्न हतारिने प्रवृत्ति लगानीकर्तामा छ। बजारको प्रवृत्ति घट्ने बढ्ने नै हो। घटेर बेच्ने हो भने नोक्सान भइसक्यो।

तर घटेर पनि नबेच्ने हो भने त्यो वास्तविक नोक्सान हुँदैन। त्यसकारण बजारमा सेयर किनिसकेपछि केही घट्दैमा आत्तिनु हुँदैन। त्यसैगरी किनेको भोलिपल्टबाट फेरि बढ्यो भने तुरुन्तै मात्तिएर बेच्नु पनि उपयुक्त हुँदैन। किनकि किन्दा र बेच्दा दुवैपटक कमिसन र अनेक शुल्कहरु खर्च भएको हुन्छ। यस्ता कमिसनको पनि हिसाव गर्नु पर्छ।

Saturday 28 November 2020

keybord को १२ वटा फङ्सन कि को काम

एउटा पुरा आकारको कीबोर्डमा जम्मा १०१ देखि १०५ सम्म की हुने गर्दछन् । यद्यपि कम्प्याक्ट सिस्टम वा ल्यापटपमा यस्ता कीको संख्या कम हुने गर्दछ ।

कीबोर्ड जतिसुकै सानो होस्, त्यसमा अल्फाबेटका साथै फङ्सन की भने रहेकै हुन्छन् । यी फङ्सन की एफ वान देखि एफ ट्वेल्भ सम्म हुने गर्दछन् । आज हामी तपाईंलाई यी सबै फङ्सन कीको प्रयोगको बारेमा बताउँदै छौं ।

यस्तो छ कीबोर्डका फङ्सन कीको काम

F1: जब कम्प्युटर अन हुन्छ, त्यस समय यो बटन दबाउँदा सिस्टमको सेटअपमा पुग्न सकिन्छ । यहाँबाट बूट प्रोसेस वा अन्य सेटिङ समेत परिवर्तन गर्न सकिन्छ । साथै विण्डोज कीसँगै F1 प्रेस गर्दा विण्डोजको हेल्प तथा सपोर्ट सेक्सनमा जान सक्नुहुन्छ ।

F2: यो कीको सहयोगमा तपाईं कुनै पनि फाइललाई रिनेम गर्न अर्थात त्यसको नाम एडिट गर्न सक्नुहुन्छ । जब धेरैजसो फाइलको नाम एउटै जस्तो हुन्छ, त्यस्तोमा ती सबै फाइललाई सेलेक्ट गरेर यो की दबाउँदा सजिलोसँग नाम फेर्न सकिन्छ ।

माइक्रोसफ्ट वर्डमा Ctrl को साथमा यो की प्रेस गरेर फाइलको प्रिन्ट प्रिभ्यू हेर्न सकिन्छ । साथै यदि तपाईं माइक्रोसफ्ट एक्सेलमा काम गर्दै हुनुहुन्छ भने यसको सहयोगमा कुनै बक्समा कन्टेन्ट थप गर्न सक्नुहुन्छ ।

F3: विण्डोजमा यो कीमार्फत सर्च बक्स खोल्न सकिन्छ । यसको अर्थ तपाईं सजिलै कुनै पनि फाइल वा फोल्डर सर्च गर्न सक्नुहुन्छ । MS DOS मा यो की दबाउँदा पहिला टाइप गरिएको कमाण्ड पुनः टाइप हुन थाल्दछ ।

F4: माइक्रोसफ्ट वर्डमा यो की प्रेस गर्दा पछिल्लो काम दोहोर्‍याउन सकिन्छ । उदाहरणको लागि तपाईंले जुन शब्द टाइप गर्नुभएको थियो, त्यो पुनः टाइप हुनेछ । साथै जुन शब्द बोल्ड गर्नु भएकोछ, त्यो पनि त्यस्तै गरी टाइप हुनेछ ।

यसैगरी Alt+F4 र Enter एक साथ थिचेर कम्प्युटरलाई लगअफ अर्थात बन्द गर्न सक्नुहुन्छ । डेक्सटपमा कुनै प्रोग्राममा काम गरिरहनु भएको छ भने Alt+F4 दबाएर त्यसलाई अथवा विण्डोलाई बन्द गर्न सक्नुहुन्छ ।

यदि तपाईंले ब्राउजरमा कुनै ट्याब खोलिरहनु भएको छ भने Ctrl+F4 थिचेर त्यसलाई बन्द गर्न सक्नुहुन्छ भने माइक्रोसफ्ट एजमा F4 प्रेस गरेर एड्रेस बारमा पुग्न सक्नुहुन्छ ।

F5: कम्प्युटरलाई रिफ्रेश गर्नका लागि यो की उपयोगी हुने गर्दछ । यसबाट फाइलहरु अटोमेटिक रुपमा व्यवस्थित हुने गर्दछन् । पावर प्वाइन्टमा यसलाई दबाउँदा स्लाइड शो सुरु हुन्छ ।

F6: यो की दबाउँदा विण्डोजमा खुलेका फोल्डरभित्रका कन्टेन्ट देखिन थाल्छन् । माइक्रोसफ्ट वर्डमा खुलिरहेका कयौं डकुमेन्टलाई एक एक गरी हेर्नका लागि Control+Shift+F6 दबाउन सकिन्छ । यसैगरी ब्राउजरमा हुनुहुन्छ भने यो कीमार्फत सोझै त्यसको एड्रेसबारमा पुग्न सक्नुहुन्छ ।

F7: माइक्रोसफ्ट वर्डमा यदि यो की दबाउने हो भने त्यसमा तपाईं जुनसुकै शब्द टाइप गर्नुहुन्छ, त्यसको स्पेलिङ चेक हुनेछ । साथै वर्ड र एक्सेलमा Shift+F7 थिचेर तपाईंले समान अर्को शब्द फेला पार्न सक्नुहुन्छ ।

F8: माइक्रोसफ्ट वर्डमा टेक्स्टलाई सेलेक्ट गर्नका लागि यो की प्रयोग हुने गर्दछ ।

F9: माइक्रोसफ्ट आउटलुकमा ईमेल पठाउन वा प्राप्त गर्नका लागि यो कीको प्रयोग हुने गर्दछ । कयौं ल्यापटपमा यसको सहयोगमा स्क्रिन ब्राइटनेस समेत कन्ट्रोल गर्न सकिन्छ ।

F10: कुनै पनि सफ्टवेयरमा काम गर्दैगर्दा यो की दबाएर मेनु खोल्न सकिन्छ । यस अलावा Shift सँगै F10 प्रेस गर्दा यसले माउसको राइट क्लिकको काम गर्दछ ।

F11: इन्टरनेट ब्राउजरमा फुल स्क्रिन भ्यूका लागि यो की प्रयोग गर्न सकिन्छ । साथै कुनै टेबललाई सेलेक्ट गरेर यो बटन प्रेस गरेर चार्ट तयार पार्न सक्नुहुन्छ ।

F12: माइक्रोसफ्ट वर्डमा यो की प्रेस गर्दा सेभ एजको अप्सन खुल्दछ । Shift सँगै F12 दबाउँदा माइक्रोसफ्ट फाइल सेभ हुन पुग्छ । साथै Ctrl+Shift+F12 थिचेर एक्सेल वा वर्ड फाइललाई प्रिन्ट गर्न सक्नुहुन्छ

Thursday 7 May 2020

गुगल सर्च बारे जानी राखौं

 एउटा इन्टरनेट प्रयोगकर्ताले प्रतिदिन औषत चारपटकसम्म गूगल सर्च गर्नेगर्छन् । यसरी सर्च गर्दा एउटा वा त्योभन्दै धेरै शब्दहरु गूगल सर्चको बारमा टाइप गर्ने गरिन्छ । 

तर सर्च गर्ने सबैको एउटै परम्परागत तरिका छ । यदि गूगल सर्चको स्मार्ट तरिका जानिराख्ने हो भने त्यसले तपाईंको सर्च अनुसार खोजेको छिटो अनि मिठो उत्तर दिन्छ । 

१. “”

डबल कोटेसन गूगल सर्चका लागि राम्रो सर्च अपरेटर हो । तपाईं कुनै पनि शब्द गूगलमा खोज्दै हुनुहुन्छ भने त्यो शब्दलाई डबल कोटेसन चिन्हको बीचमा राख्नुहोस् । उदाहरणका लागि “महाबिर पुन” ।

२.  OR

 तपाईं गूगलमा रहेका धेरै विषयहरु मध्ये एउटा परिणाम निकाल्न चाहनुहुन्छ भने OR प्रयोग गर्नसक्नुहुन्छ । उदाहरणका लागि “महाबिर पुन” OR आविष्कार केन्द्र ।

३. AND

यदि धेरै विषयवस्तु भएको परिणाम गूगलमा खोज्न चाहनुहुन्छ भने AND अपरेटर प्रयोग गर्नुहोस् । उदाहरणका लागि “महाबिर पुन” AND म्यागासेसे

४.  – 

 सर्च रिजल्टबाट केही शब्दहरु हटाउन चाहनुहुन्छ भने माइनसको प्रयोग गर्नुहोस् । जस्तै तपाईं महाबिर पुन सर्च गर्न चाहनुहुन्छ जुन आविष्कार केन्द्र वा विज्ञान प्रविधिसँग सम्बन्धित छैन भने माइनसले ती दुबै शब्द घटाउन सक्नुहुन्छ । उदाहरणका लागि “महाबिर पुन” -आविष्कार केन्द्र -विज्ञान प्रविधि

५. * 

यदि तपाईं दुईवटा शब्द निश्चित अर्डरमा राखिएको पेज खोज्दै हुनुहुन्छ भने दुई शब्दको बीचमा * अर्थात एसट्रिक चिन्ह राख्नुहोस् । उदाहरणका लागि “महाबिर पुन” *ट्वीटर

६. ()

सर्च गर्ने क्रममा दुईवटा शब्द देखाउनुपर्ने छ भने () अर्थात ब्राकेटलाई प्रयोग गर्नुहोस् । उदाहरणका लागि (इन्टरनेट or आविष्कार केन्द्र) एण्ड “महाबिर पुन”

७. AROUND (X)

तपाईं एक वा सो भन्दा बढी शब्दहरु खोज्दै हुनुहुन्छ, जुन एकअर्कासँग नजिक होस् भन्ने चाहनुहुन्छ भने AROUND (X) प्रयोग गर्नुहोस् । जस्तै आविष्कार केन्द्र र महाबिर पुनबीच तीनभन्दा धेरै शब्द चाहनुहुन्न भने यसलाई प्रयोग गर्नुहोस् । 

उदाहरणका लागि  “महाबिर पुन” AROUND (3) आविष्कार केन्द्र

८. $

यदि तपाईं कुनै नम्बर खोज्दै हुनुहुन्छ तर त्यसलाई मूल्यमा देखाउन चाहनुहुन्छ भने $ अर्थात अमेरिकी डलरको संकेत प्रयोग गर्नुहोस् । यसले युरोको साइनको रुपमा पनि काम गर्न सक्छ । उदाहरणका लागि $ Hundred वा € Hundred

९. SITE

जब तपाईं निश्चित डोमेनमा आफ्नो रिजल्टलाई सीमित गर्न चाहनुहुन्छ भने SITE को प्रयोग गर्न सक्नुहुन्छ । जस्तै techpana.com को पेजमा नेपाल टेलिकम सम्बन्धी सबै कुरा हेर्न चाहनुहुन्छ भने SITE उल्लेख गर्न सक्नुहुन्छ । उदाहरणका लागि SITE:techpana.com आविष्कार केन्द्र

१०. Intitle

महाबिर पुनलाई कुनै पनि वेब पेजको टाइटलमा खोज्दै हुनुहुन्छ भने अगाडिपट्टी ईन टाइटल लेख्नुहोस् । उदाहरणका लागि Intitle: “महाबिर पुन”

११. Allintitle 

यदि तपाईं धेरै शब्दहरु राखेर ईनटाइटल जस्तै गरी सर्च गर्न चाहनुहुन्छ तर Allintitle लेख्न सक्नुहुन्छ ।

उदाहरणका लागि Allintitle: “महाबिर पुन” आविष्कार केन्द्र

१२. Inurl 

यूआरएलमै तपाईं अन्य टेक्स्ट पनि खोजिरहनुभएको छ भने यो विधि तपाईंलाई काम लाग्नेछ ।  

उदाहरणका लागि Inurl: आविष्कार केन्द्र

१३. Allinurl

Inurl जस्तै प्रयोजनका लागि यसको प्रयोग गर्न सक्नुहुन्छ । तर यो चाहिँ धेरै शब्द रहेको यूआरएल खोज्ने सन्दर्भमा काम लाग्छ । उदाहरणका लागि Allinurl: Tesla Model x

१४. Intext

वेब पेजको कन्टेन्टमा आफ्नो सर्चलाई सीमित गर्न चाहनुहुन्छ भने यो तरिका प्रयोग गर्न सक्नुहुन्छ । उदारहणका लागि Intext: इन्टरनेट

१५. Allintext

यो पनि Intext जस्तै हो तर यो चाहिँ धेरै शब्दहरु जोडेर सर्च गर्नुपरेको अवस्थामा काम लाग्छ । उदाहरणका लागि Allintext Text: आविष्कार केन्दर पीपीई

Tuesday 21 April 2020

कगती खेती


कागतीको रसमा भिटामिन सी प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यको लागी अत्यन्तै महत्वपूर्ण फल हो। अपच एवं पेटको सबै जसो विकारहरु निष्काशन गर्न यो फल निकै उपयोगी हुन्छ ।
1. कागती खेतीको लागी कस्तो हावापानी चाहिन्छ?

बर्ष भरिनै न्यानो र ओषिलो हावापानी भएको उष्ण प्रदेश देखि हिउँ र तुषारो नपर्ने उपोष्ण क्षेत्रसम्म (१०० मीटर देखि १८०० मीटर उचाई सम्म) को हावापानीमा यसको खेती गर्न सकिन्छ ।

2. कागतीलाई सिचाई गर्न आवश्यक हुन्छ?

सुख्खा मौसममा कागतीको वोटलाई पानीको आवश्यकता पुरा गर्न सिंचाई पानीको आवश्यकता पर्दछ ।
3. कागती खेतीको लागी कस्तो माटोको आवश्यक पर्दछ?

जमिनको सतह देखि २ मीटर गहिरो सम्म चट्टान नभएको, पानी नजम्ने प्रशस्त प्राङ्गगारिक पदार्थ भएको, माटोको पि.एच. ५.५–६.५. सम्म भएको दोमट माटो सवै भन्दा उपयुक्त हुन्छ।
4. कागतीको वोट रोपने दुरी कति राख्नु पर्ने हो?

व्यवसायीक बगैंचा स्थापना गर्दा ३x३ मीटरको दुरीमा विरुवा रोप्नु पर्दछ ।
5. कागती खेतीको लागी कस्तो जग्गाको छनौट गर्नु पर्छ?

पानी नजम्ने, बार बन्देज लगाउन सकिने, पानीको भल नआउने, मोटरवाटोले छोएको र पानीको श्रोत भएको जग्गाको छनौट गर्नु पर्छ ।
6. कागतीको विरुवा रोप्न के कस्तो तैयारी गर्नु पर्छ?

कागती सम्बन्धी विज्ञको सल्लाह लिई रेखाङ्कन गरि विरुवा रोप्नु भन्दा २–३ महिना पहिले नै २–३ घनफिटको खाल्डो खन्ने ।
7. खाडल कहिले खन्ने?

बैशाख महिना भित्र ।
8. खाडल कहिले भर्ने?

जेठ महिना भित्र ।
9. विरुवा कहिले रोप्ने?

आषाढ महिनामा।
10. मलखादको प्रयोग कति गर्नु पर्छ?

प्रति खाडल ५० ग्राम डि.ए.पी., ५० ग्राम युरिया र २५ ग्राम पोटासलाई माटोमा मिश्रण गरि खाडल पुर्नु पर्दछ ।
11. कागतीको कस्तो जात छनौट गर्नु पर्छ?

ठाउँ र हावापानी अनुसार विज्ञको सल्लाह लिई कागतीको जात छनौट गर्ने ।

12. कागतीको विरुवा एक पटक रोपेपछि कति बर्षसम्म फल दिई रहन्छ?

४० देखि ५० बर्ष सम्म।
13. कागती बगैंचामा सिंचाईको आवश्यकता कहिले पर्छ?

माटोको चिस्यानको अवस्था हेरी सुख्खा याममा फागुन देखि जेष्ठ सम्म १०–१५ दिनको फरकमा हल्का सिंचाई गर्नु पर्छ ।
14. सिंचाईको लागी श्रोतमा पानी कम छ भने कसरी व्यवस्था मिलाउने?

पानीको श्रोत कम छ भने थोपा सिंचाई प्रविधिको प्रयोग गर्न सकिन्छ ।
15. वोट हुर्कि सकेपछि मलखाद कतिको हाल्नु पर्छ?

१–३ बर्षको विरुवालाई प्रति विरुवा गोवरमल २० के.जी., युरिया, डिएची र पोटास क्रमशः १००, ५० र १०० ग्रामका दरले हाल्ने ।
16. मलखाद दिने तरिका के हो?

विरुवाले जमिन ओगटेको वरिपरि कुलेसो बनाई मलखाद दिनुपर्छ र त्यसलाई खरपातले छोपी सिंचाई गर्नु पर्छ ।
17. कागती विरुवालाई काँटछाँट गर्ने विधि के हो?

विरुवालाई काँटछाँट गर्न विज्ञको सल्लाह अनुसार गर्नु पर्दछ ।
18. कागतीको फल टिप्न उपयुक्त समय के हो?

विहान ८–१० बजे र साँझ ३–६ बजेको समय फल टिप्न उपयुक्त हुन्छ ।
19. कागतीमा लाग्ने मुख्य मुख्य किराहरु कुन कुन हुन?

कागतीमा लाग्ने मुख्य मुख्य किराहरु हरियो ठुलो पुतली, पातको झिंगा, कतले किरा, लाही किरा, सिट्रस सिल्ला, फल कुहाउने औंसा र मिली बग हुन |
20. कागतीमा लाग्ने किरा ठुलो पुतली र पातको झिंगालाई कसरी नियन्त्रण गर्ने?

कागतीमा लाग्ने किरा ठुलो पुतली र पातको झिंगालाई नियन्त्रण गर्न डेल्ट्रामेथ्रिन २८ प्रतिशत इसि २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने |
21. कागतीको कतले किरा कसरी नियन्त्रण गर्ने?

कागतीको कतले किरा नियन्त्रण गर्न किरा लागेका बोटहरु नसार्ने, फागुन र चैत्र महीनामा एक एक पटक रोगर ३० प्रतिशत इसि १ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने, मटीतेल र साबुनको झोल बनाई छर्ने र एट्सो १० मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने ।
22. कागतीको लाही र सिट्रस सिल्ला किरा कसरी नियन्त्रण गर्ने?

कागतीको लाही र सिट्रस सिल्ला किरा नियन्त्रण गर्न फुल फल्नु अगाडी रोगर ३० प्रतिशत इसि १ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने |
23. कागतीको मिलिबग किरा कसरी नियन्त्रण गर्ने?

कागतीको  मिलिबग किरा नियन्त्रण गर्न इमिडाकोलपिट ०.२ मि.लि. प्रति लिटर पानीमा झोल बनाई छर्ने |
24. कागतीमा लाग्ने रोगहरु कुन कुन हुन?

कागतीमा लाग्ने रोगहरु क्याइंकर, कालो ध्वासे, कोत्रे, जडा कुहीने, फेद कुहीने, गुलाबी रोग ग्रिनिगं मुख्य हुन |
25. कागतीमा लाग्ने रोगहरु नियन्त्रणका उपाय के हो?

कागतीमा लाग्ने रोगहरु नियन्त्रणका मुख्य उपायहरु बगैचा सफा राख्ने, हिउदमा बोटका सुकेका हांगाबिंगाहरुको कांटछांट गरि हटाउने, कपरअक्साईड ३ ग्राम प्रति लिटर पानीमा झोल बनाई कांटछांट पछी छर्ने र फेद वरिपरी सफा पारी १ देखि १.५ हातसम्म बोडो पेष्टले लिपी दिने।

Monday 2 March 2020

कुन वाणिज्य बैंक र विकास बैंकको शेयर कति ओभरभ्याल्युड? कति अन्डरभ्याल्युड?




विश्व शेयर बजारका बादशाहा वारेन बफेटका मार्गदर्शक/मेन्टोर बेन्जमिन ग्राहमको शुत्र अनुसार ८ वाणिज्य बैंक र १० विकास बैंकको शेयरमूल्य अन्डरभ्याल्यूड देखिएको हो।

लगातार शेयर बजार उच्च गतिमा बढेपछि लगानीकर्ताले आँखा चिम्लिएर लगानी गर्न थालेका छन्। लहलहमै लगानीकर्ताले जस्तासुकै कम्पनीमा पैसा खन्याउन थालेपछि वित्तीय अवस्था कमजोर भएका कम्पनीको मूल्य समेत अन्धाधुन्ध बढेको छ। वास्तविक बढ्नु पर्ने कम्पनीको मूल्य भने अझै माथि उक्लिन सकेको छैन। लगानीकर्ताले कम्पनीको सही विश्लेषण गर्न नसक्दा राम्रो अवस्थाको कम्पनीको शेयर मूल्य अवमूल्यन भएको छ भने नराम्रा कम्पनीको शेयरमूल्य उच्च मूल्यमा उक्लिएका हुन्।

हाल नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंकहरुमध्ये नेपाल बैंक, एनसीसी बैंक, नेपाल बङ्गलादेश बैंक, सेन्चुरी कमर्सियल बैंक, सिटिजन्स बैंक, बैंक अफ काठमाण्डू, कुमारी बैंक र प्रभु बैंकको शेयरमूल्य अन्डरभ्याल्यूड देखिएको हो। यी ८ वाणिज्य बैंकहरुमध्ये सबैभन्दा अन्डरभ्याल्यूड नेपाल बैंक रहेको छ। ग्राहमको शुत्र अनुसार नेपाल बैंकको शेयरमूल्य ३८२ रुपैयाँ ७८ पैसा हुनु पर्ने थियो। तर, हाल बैंकको शेयरमूल्य २९२ रुपैयाँ रहेको छ। यस हिसाबमा बैंकको शेयरमूल्य ३१.०९ प्रतिशत अन्डरभ्याल्यूड छ। त्यसैगरी, एनसीसी बैंकको ११.३१, नेपाल बङ्गलादेशको ११.०४, सेन्चुरीको १०.५५, सिटिजन्सको ५.६२, बिओकेको ४.८९, कुमारीको २.४१ र प्रभुको ०.१३ प्रतिशत अन्डरभ्याल्यूड छ।

त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य सबैभन्दा ओभरभ्याल्यूड रहेको छ। ग्राहमको शुत्र अनुसार ३५१ रुपैयाँ २० पैसा हुनुपर्ने यस बैंकको शेयरमूल्य हाल ७३५ रुपैयाँ रहेको छ। यो ५२.२२ प्रतिशत ओभरभ्याल्यूड हो।

यति बेला बजारमा मास 'मास ह्युमन बिहेबियर'ले काम गरेको छ। सबै लगानीकर्ताले बढ्छ यही बढ्छ भन्ने एकोहोरो बुझाई सबैको आधारमा वित्तीय अवस्था कमजोर भएका कम्पनीको शेयर उकालो लागेको छ भने यो कम्पनीको शेयर मूल्य बढ्दैन भन्नेको जमात बढ्दै गएका कारण राम्रा कम्पनीको शेयर अवमूल्यन भएका हुन्।

पछिल्लो समय खराब कर्जाले थलिएका, मुद्दा मामलामा फसेका, विवादास्पद सञ्चालकको भूमिका र कम्पनीले गरेको आम्दानीले ती कम्पनीको शेयर मूल्य अवमूल्यन भएका छन्। तर कम्पनीमा पछिल्लो समय भएको सुधार र प्रगतिलाई पहिलेकै आधारमा लगानीकर्ताले मूल्याङ्कन गर्दा केही कम्पनीको शेयर अवमूल्यन भएको हो। अवमूल्यन भएका कम्पनीले भने पछिल्लो समय वित्तीय अवस्थामा धेरै सुधार गरेको देखिन्छ।   

त्यसैगरी, हाल नेप्सेमा सूचीकृत २१ विकास बैंकहरुमध्ये १० विकास बैंकहरु अन्डरभ्याल्यूड र ११ विकास बैंकहरु ओभरभ्याल्यूड छन्। १० विकास बैंकमध्ये सबैभन्दा अन्डरभ्याल्यूड कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ। सो विकास बैंकको शेयरमूल्य ५६.७२ प्रतिशत अन्डरभ्याल्यूड छ। त्यसैगरी, सहयोगी विकास बैंकको ४३.२९, लम्बिनी विकास बैंक २५.४४, देवः विकास बैंक २०.४५, साँग्रीला डेभलपमेन्ट बैंक १८.६९, महालक्ष्मी विकास बैंक १७.१६, गण्डकी विकास बैंक १६.७३, कैलाश विकास बैंक ८.७७, कामना सेवा विकास बैंक ६.२२ र ज्योति विकास बैंकको ६.२१ प्रतिशत अन्डरभ्याल्यूड छ।

कारोबार रोक्का रहेको सहारा विकास बैंकलाई गणना नगर्ने हो भने विकास बैंकहरुमध्ये सबैभन्दा ओभरभ्याल्यूड बैंक मुक्तिनाथ विकास बैंक रहेको छ। बैंकको ग्राहम्स फेर भ्यालु २५१.२६ रहेको छ भने बजार मूल्य ३६० रुपैयाँ रहेको छ।

पछिल्लो समय नयाँ तथा लामो समयदेखि ‘पर्ख र हेर’को अवस्थामा रहेको लगानीकर्ताहरु बजार प्रवेश गर्न थालेपछि नेप्सेको कारोबार रकम उल्लेख्य बढेको छ। सोमबार नेप्से परिसूचक ६ प्रतिशत घटेर नकारात्मक सर्किट लागि समयभन्दा अगाडि नै बन्द भएको थियो।

  • के हो ग्राहम्स नम्बर?

कुनै पनि कम्पनीको प्रतिशेयर आम्दानी र किताबी मूल्यका आधारमा बजारमा उसको शेयरमूल्य कति हुनुपर्छ भनि गणना गरिने नम्बरलाई ग्राहम्स नम्बर भनिन्छ। यसले कुनै पनि कम्पनीको शेयर खरिद गर्न कति रुपैयाँसम्म तिर्नु उपयुक्त हुन्छ भन्ने निर्णय गर्न लगानीकर्ताहरुलाई सहयोग गर्दछ। ग्राहम्स नम्बर भन्दा कम मूल्य भएका कम्पनीको शेयरहरुलाई अन्डरभ्याल्यूड भनिन्छ भने बढी मूल्य भएकालाई ओभरभ्याल्यूड भनिन्छ।

ग्राहम्स नम्बर गणना गर्ने शुत्रः