Monday 2 March 2020

कुन वाणिज्य बैंक र विकास बैंकको शेयर कति ओभरभ्याल्युड? कति अन्डरभ्याल्युड?




विश्व शेयर बजारका बादशाहा वारेन बफेटका मार्गदर्शक/मेन्टोर बेन्जमिन ग्राहमको शुत्र अनुसार ८ वाणिज्य बैंक र १० विकास बैंकको शेयरमूल्य अन्डरभ्याल्यूड देखिएको हो।

लगातार शेयर बजार उच्च गतिमा बढेपछि लगानीकर्ताले आँखा चिम्लिएर लगानी गर्न थालेका छन्। लहलहमै लगानीकर्ताले जस्तासुकै कम्पनीमा पैसा खन्याउन थालेपछि वित्तीय अवस्था कमजोर भएका कम्पनीको मूल्य समेत अन्धाधुन्ध बढेको छ। वास्तविक बढ्नु पर्ने कम्पनीको मूल्य भने अझै माथि उक्लिन सकेको छैन। लगानीकर्ताले कम्पनीको सही विश्लेषण गर्न नसक्दा राम्रो अवस्थाको कम्पनीको शेयर मूल्य अवमूल्यन भएको छ भने नराम्रा कम्पनीको शेयरमूल्य उच्च मूल्यमा उक्लिएका हुन्।

हाल नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंकहरुमध्ये नेपाल बैंक, एनसीसी बैंक, नेपाल बङ्गलादेश बैंक, सेन्चुरी कमर्सियल बैंक, सिटिजन्स बैंक, बैंक अफ काठमाण्डू, कुमारी बैंक र प्रभु बैंकको शेयरमूल्य अन्डरभ्याल्यूड देखिएको हो। यी ८ वाणिज्य बैंकहरुमध्ये सबैभन्दा अन्डरभ्याल्यूड नेपाल बैंक रहेको छ। ग्राहमको शुत्र अनुसार नेपाल बैंकको शेयरमूल्य ३८२ रुपैयाँ ७८ पैसा हुनु पर्ने थियो। तर, हाल बैंकको शेयरमूल्य २९२ रुपैयाँ रहेको छ। यस हिसाबमा बैंकको शेयरमूल्य ३१.०९ प्रतिशत अन्डरभ्याल्यूड छ। त्यसैगरी, एनसीसी बैंकको ११.३१, नेपाल बङ्गलादेशको ११.०४, सेन्चुरीको १०.५५, सिटिजन्सको ५.६२, बिओकेको ४.८९, कुमारीको २.४१ र प्रभुको ०.१३ प्रतिशत अन्डरभ्याल्यूड छ।

त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य सबैभन्दा ओभरभ्याल्यूड रहेको छ। ग्राहमको शुत्र अनुसार ३५१ रुपैयाँ २० पैसा हुनुपर्ने यस बैंकको शेयरमूल्य हाल ७३५ रुपैयाँ रहेको छ। यो ५२.२२ प्रतिशत ओभरभ्याल्यूड हो।

यति बेला बजारमा मास 'मास ह्युमन बिहेबियर'ले काम गरेको छ। सबै लगानीकर्ताले बढ्छ यही बढ्छ भन्ने एकोहोरो बुझाई सबैको आधारमा वित्तीय अवस्था कमजोर भएका कम्पनीको शेयर उकालो लागेको छ भने यो कम्पनीको शेयर मूल्य बढ्दैन भन्नेको जमात बढ्दै गएका कारण राम्रा कम्पनीको शेयर अवमूल्यन भएका हुन्।

पछिल्लो समय खराब कर्जाले थलिएका, मुद्दा मामलामा फसेका, विवादास्पद सञ्चालकको भूमिका र कम्पनीले गरेको आम्दानीले ती कम्पनीको शेयर मूल्य अवमूल्यन भएका छन्। तर कम्पनीमा पछिल्लो समय भएको सुधार र प्रगतिलाई पहिलेकै आधारमा लगानीकर्ताले मूल्याङ्कन गर्दा केही कम्पनीको शेयर अवमूल्यन भएको हो। अवमूल्यन भएका कम्पनीले भने पछिल्लो समय वित्तीय अवस्थामा धेरै सुधार गरेको देखिन्छ।   

त्यसैगरी, हाल नेप्सेमा सूचीकृत २१ विकास बैंकहरुमध्ये १० विकास बैंकहरु अन्डरभ्याल्यूड र ११ विकास बैंकहरु ओभरभ्याल्यूड छन्। १० विकास बैंकमध्ये सबैभन्दा अन्डरभ्याल्यूड कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ। सो विकास बैंकको शेयरमूल्य ५६.७२ प्रतिशत अन्डरभ्याल्यूड छ। त्यसैगरी, सहयोगी विकास बैंकको ४३.२९, लम्बिनी विकास बैंक २५.४४, देवः विकास बैंक २०.४५, साँग्रीला डेभलपमेन्ट बैंक १८.६९, महालक्ष्मी विकास बैंक १७.१६, गण्डकी विकास बैंक १६.७३, कैलाश विकास बैंक ८.७७, कामना सेवा विकास बैंक ६.२२ र ज्योति विकास बैंकको ६.२१ प्रतिशत अन्डरभ्याल्यूड छ।

कारोबार रोक्का रहेको सहारा विकास बैंकलाई गणना नगर्ने हो भने विकास बैंकहरुमध्ये सबैभन्दा ओभरभ्याल्यूड बैंक मुक्तिनाथ विकास बैंक रहेको छ। बैंकको ग्राहम्स फेर भ्यालु २५१.२६ रहेको छ भने बजार मूल्य ३६० रुपैयाँ रहेको छ।

पछिल्लो समय नयाँ तथा लामो समयदेखि ‘पर्ख र हेर’को अवस्थामा रहेको लगानीकर्ताहरु बजार प्रवेश गर्न थालेपछि नेप्सेको कारोबार रकम उल्लेख्य बढेको छ। सोमबार नेप्से परिसूचक ६ प्रतिशत घटेर नकारात्मक सर्किट लागि समयभन्दा अगाडि नै बन्द भएको थियो।

  • के हो ग्राहम्स नम्बर?

कुनै पनि कम्पनीको प्रतिशेयर आम्दानी र किताबी मूल्यका आधारमा बजारमा उसको शेयरमूल्य कति हुनुपर्छ भनि गणना गरिने नम्बरलाई ग्राहम्स नम्बर भनिन्छ। यसले कुनै पनि कम्पनीको शेयर खरिद गर्न कति रुपैयाँसम्म तिर्नु उपयुक्त हुन्छ भन्ने निर्णय गर्न लगानीकर्ताहरुलाई सहयोग गर्दछ। ग्राहम्स नम्बर भन्दा कम मूल्य भएका कम्पनीको शेयरहरुलाई अन्डरभ्याल्यूड भनिन्छ भने बढी मूल्य भएकालाई ओभरभ्याल्यूड भनिन्छ।

ग्राहम्स नम्बर गणना गर्ने शुत्रः


No comments:

Post a Comment